मतदाता परिचयपत्र लुटेको आरोपमा वडा अध्यक्ष पक्राउ

केन्द्रभाग मिडिया

दोलखामा मतदाता परिचय पत्र लुटेको आरोपमा एक जना वडा अध्यक्ष पक्राउ परेका छन् । तामाकोसी गाउँपालिका–१ भीरकोटबाट मतदाता परिचयपत्र लुटेको आरोपमा उक्त वडाका अध्यक्ष महेश काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मतदाता परिचयपत्र लुटेर फरार भएका उनलाई स्थानीयले नियन्त्रणमा लिए पनि उनी परिचयपत्र फालेर फरार भएको स्थानीयहरूले बताएका छन् । अहिले वितरणका लागि १ सय २५ थान मतदाता परिचयपत्र सबै मतदान अधिकृतलाई बुझाइएको छ ।

उक्त वडा कार्यालयका मतदानस्थलबाट १ सय २५ थान नयाँ मतदातालाई वितरण गर्न लागिएको मतदाता परिचयपत्र बुधबार दिउँसो काफ्लेले लुटेर फरार भएको प्रहरीले जनाएको छ । फरार भएका उनलाई दिउँसो तामाकोसी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाकारी दिएको छ ।

  • २८ बैशाख २०७९, बुधबार १८:५२ प्रकाशित