मतदान केन्द्रबाट खुकुरीसहित कांग्रेस कार्यकर्ता पक्राउ

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

गोरखा ।

गोरखामा कांग्रेसका कार्यकर्ता खुकुरीसहित पक्राउ परेका छन् । गोरखाको गण्डकी गाउँपालिका ६ को तोमनडाँडा आधारभूत विद्यालय मतदान केन्द्रबाट खुकुरीसहित कांग्रेस कार्यकर्ता मनोज गुरुङ पक्राउ परेका हुन् ।

गुरुङ आज बुधवार सर्वदलीय बैठक चलिरहेका बेला मतदान केन्द्र खुकुरीसहित प्रवेश गरेका थिए । मतदान केन्द्रभित्रको बेञ्चमा बसिरहेका बेला प्रहरीले शङ्का लागेर झोलामा हेर्दा खुकुरी फेला परेको मतदान अधिकृत अशोककुमार श्रेष्ठले बताए । उनलाई मतदान केन्द्रको सुरक्षामा खटिएको प्रहरी टोलीले पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाएको उनले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • २८ बैशाख २०७९, बुधबार १६:३२ प्रकाशित