पोखरा ।
नेकपा एमाले का उपमहासचिव एवं प्रचार विभाग प्रमुख तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मौन अवधिमा पार्टीका लागि भोट माग्दै गरेको भिडिओ सामाजिक सञ्जालबाट हटाएका छन्।
पूर्वमुख्यमन्त्री गुरुङले आफ्नो भेरिफाइड फेसबुक एकाउन्टबाट बुधबार बिहान ८ बजेर १० मिनेटमा भोट माग्दै गरेको भिडियो पोस्ट डिलिट गरेका हुन्।
भिडियोमार्फत् उनले एमाले उम्मेदवारलाई भोट दिएर जिताउन मतदाताहरूलाई आग्रह गरेका थिए।
स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ। मौन अवधिमा कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न वा भोट माग्न पाइँदैन।














