रोल्पा ।
रोल्पामा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ। नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन्।
सोमबार बेलुका करिब ८ बजेतिर गंगादेव गाउँपालिका–५ बस्नेयौटामा माओवादी केन्द्र निकट वाइसीएलका कार्यकर्ताले खुकुरी प्रहार गर्दा कांग्रेस निकट तरूण दलका वडाध्यक्ष ३० वर्षीय मनबहादुर बुढा र २० वर्षीय कमल बुढा घाइते भएका हुन्।
प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार घटनास्थलको अवस्था अहिले सामान्य छ। घटनाबारे छानबिन भईरहेको प्रहरीले जनाएको छ ।