पोखरा ६ मा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आब्हान

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगर पालिका वडा न ६ बैदाममा पाँच दलिय गठबन्धनका युवाहरुको सयुक्त वृहत भेलाको आयोजना गरिएको छ ।
पोखरा—६मा “युवाहरुको आब्हान गठबन्धनका उम्मेदबारलाई मतदान” भन्ने नारालाई आत्मसाथ गर्दै शनिबार सयुक्त युवा भेला गरिएको हो । भेलामा उल्लेख्य मात्रामा नेपाल विद्यार्थि संघ, तरुण दल, युवा संघ नेपाल र वाइ सि एलका युवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडाध्यक्ष पदका उम्मेदवार जगतबहादुर पहारीले युवाह्ररुको मागलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । स्थानीय युवाहरुले बैदामलाई पोखरा महानगर पालिकाको नमुना वडा बनाउन प्रतिबद्धता व्यक्त गर्न माग गरेका छन् । त्यसैगरी, सडक कालोपत्रे र ढलान गर्ने र फेवा ताललाई अतिक्रमण सहित प्रदूषण हुनबाट जोगाउन र हराभरा बैदाम बनाउने योजना ल्याउन माग गरेका छन् ।

‘युवाह्ररुले अवको नेतृत्व समाल्दै अघि बढेमा वडा, जिल्ला, क्षेत्र र राष्ट्रले विकासको फडको मार्ने आफु आशाबादी रहेको छु’ । अवको पाँच बर्षमा वडालाई युवा मैत्रि बनाउने आफ्नो योजना रहेको सुनाउदै गठबन्धनका उम्मेदबारहरुलाई मतदान गरि विजय गराउन्न आन्हान गरे ।

नेकपा माओबादी केन्द्र बैदामका सचिब मदन पहारीले ‘अहिलेका युवाहरुले नेतृत्व र जिम्मेबारी लिन सक्षम रहेको बताउदै, वडामा हुने हरेका गतिबिधिमा युवाहरुको सहभागिता गराउन्न आब्हान गरे’ ।

नेपाली काग्रेस प्रदेश प्रतिनिधि तथा युवा नेता दिपक विर कुवँरले प्रजातन्त्र र संविधानको रक्षाका लागि युवाहरु काधमा काध मिलाई अगाडि बढेर नेतृत्व लिनु पर्ने कुरामा जोड दिए ।

युवा संघ नेपालका केन्द्रिय सदस्य तथा युवा परिचालन बैदाम — ६का स—संयोजक महेन्द्र नेपालीले वडामा गठबन्धनका उम्मेदबारहरुको विजय सुनिश्चित रहको सुनाउद,ै अत्तालिएका केपी वलीका कार्यकर्ताले मतदान स्थलमा हुलदंगा गर्ने, मतदान गर्ने अवरोध गर्ने संभावना रहेको संकेत गर्दै त्यसतर्फ पनि युवाहरु सचेत रहनु पर्ने कुरामा जोड दिए ।

नेपाल कम्युनिष्ट पाटि (एकिकृत समाजबादी) बैदामका अध्यक्ष गिरीराज अधिकारीले गठबन्धनका कारण चुनाब चिन्ह फरक भएकाले मत बदर हुने संभावना बढि हुने हुदा घरघरमा गई मतदाताहरुलाई मतदान गर्ने सिकाउन्न उपस्थित युवाँहरुलाई आग्रह गरे ।

कार्यक्रममा वडाका उम्मेदवारले “अबको वडाको निर्वाचनमा जसरीपनि पाँच दलिए गठबन्धनले जित्ने छ । हामी वडामा भएको समस्याहरूको समाधानमा लाग्ने छौं । आगामी योजनामा हाम्रो जनताको मुद्दा पहिलो प्राथमिकता रहनेछ भन्दै” आफ्नो प्रतिबद्दताहरू प्रस्तुत गरेका थिए ।

पोखरा–६ बैदाममा गठबन्धनका तर्फबाट वडाध्यक्षमा जगतबहादुर पहारी उम्मेदवार छन् । यसैगरी खुलासदस्यमा नेकपा(माओवादी केन्द्र)बाट कृष्ण प्रसाद आचार्य, खुल्ला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का तर्फबाट विकास पहारी र महिला सदस्यमा नेपाली काग्रेसका तर्फबाट पबित्रा थापा र दलित महिला सदस्यमा काग्रेसको तर्फबाट शोभा जलारी चुनावी मैदानमा रहेका छन् ।
युवा परिचालनका संयोजक तथा युवा नेता रामबहादु लामिछानेको सभाअध्यक्षतामा भएको कार्यक्रममा, नेपाली काग्रेस बैदामा इकाई सभापति तथा गठबन्धनका तर्फबाट संयोजक एवं नेपाली काग्रेस इकाइ सभापति सन्तोष पौडेल, वाइ सि एल नेपालका केन्द्रिय सदस्य कमला ढकाल, नेपाली काग्रेस निर्वतमान इकाई सभापति बलराम गिरी, नेपाल कम्युनिष्ट पाटि (एकिकृत समाजबादी) का जिल्ला सदस्य एकराज न्यौपाने, नेपाल कम्युनिष्ट पाटि बैदाम ६का कार्यवाहक अध्यक्ष नारायण सापकोटा र नेपाली कागे्रस इकाइ सचिब प्रकाश न्यौपाने लगाएतका वक्ताहरुले आफ्ना भनाई राखेका थिए ।

 

  • २५ बैशाख २०७९, आईतवार ११:१८ प्रकाशित