पोखरा ।
नेकपा माओवादी केन्द्र पोखरा महानगर–२८ ले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । मतदाताको घरघरमा पुगेर उम्मेदवारले मत मागिरहेका छन् । उम्मेदवारहरुले मतदाताका आवश्यकता बुझने र प्रतिवद्धता व्यक्त गर्ने गरेका छन् ।
पोखरा–२८ वाइसीएलका अध्यक्ष रामचन्द्र तिवारीले घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको जानकारी दिए ।
माओवादी केन्द्रले वडाध्यक्षमा श्याम बहादुर केसी, खुल्ला सदस्य पुष्पराज त्रिपाठी र यज्ञप्रसाद तिवारी, महिला सदस्यमा गंगा ओझा भुर्तेल र दलित महिला सदस्यमा शुकमाया नेपालीलाई उम्मेदवार बनाएको छ ।
चुनावी तालमेल गर्ने प्रयास असफल भए पछि वडामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मित्रवत प्रतिष्प्रर्धा गर्ने सहमती भएको छ । जिल्ला नेतृत्वले अझै पनि सहमतीको प्रयास जारी रहेको बताए पनि वडानम्बर २८ मा नेपाली कांग्रेस र नेकपा एसलेबीच मात्र गठबन्धन भएको छ । माओवादी केन्द्र एकलै निर्वाचनमा होमिएको छ ।














