घरमै पार्किङमा राखेको मेयर उम्मेदवारको कारमा आगजनी : एक पक्राउ

केन्द्रभाग मिडिया

विराटनगर ।

मोरङको बेलबारीमा मेयर उम्मेदवारको गाडीमा आगजनी भएको छ ।

बेलबारी नगरपालिकामा राप्रपाबाट मेयरको उम्मेदवार बनेका खेमप्रसाद गौतमको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो । प्रहरीका अनुसार बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा शुक्रबार बिहानपख करिब २ बजे आगजनी भएको हो ।

प्रहरीले आगजनीमा संलग्न भएको आंशकामा एक जनालाई पक्राउ गरेको छ । सुन्दरहरैंचा नगरपालिका–१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका पाण्डे कांग्रेसका स्थानीय कार्यकर्ता हुन् । सीसीटीभी क्यामेरा फुटेजका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

  • २३ बैशाख २०७९, शुक्रबार ०९:१२ प्रकाशित