एउटा चिल्लो बाटोले विकास देखाउँदैन् : कोपिला रानाभाट

केन्द्रभाग मिडिया

पोखरा।

पोखरा महानगरका उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले आफू नजिकैको वडावासी भएकाले पोखरा २८ को विकासको साक्षी भएको बताईन् ।

पोखरा २८ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो समयदेखि कालिका माझठाना पूर्वाधारमा पछि परेको टिप्पणी गरिन् । कालिकाको एउटा मात्र चिल्ला बाटो हेरेर होईन पाखा, पखेरा र टोल टोलको विकासको मूल्यांकन गर्दै वैशाख ३० मा भोट गर्न आग्रह गरिन् । महिलामैत्री, बालबालिकामैत्री, जेष्ठ नागरिकमैत्री महानगरपालिका बनाउने आफ्नो योजना रहेको पनि उनले सुनाइन् ।

पोखरा महानगरका मेयरपदका उम्मेदवार धनराज आचार्यले घोषणा पत्रका हरेक शब्द ईमान्दार तरिकाले पालना गर्दै मेयरको वडामा विकास गर्ने प्रतिबद्धता जनाएका छन । लाखौंको खानेपानीको योजना परेको वडामा पानीकै समस्या हुनु लज्जास्पद भएको उनको जिकिर गरे ।

गठबन्धनबाट मेयरमा आफू र उपमेयरमा कोपिला रानाभाटसहित वडा तहमा पनि गठबन्धनको उम्मेदवारलाई जिताएमा जनताले पानीका लागि घण्टौंं हिड्न नपर्ने समस्या हल गर्ने बताए । वडा २८ को ओख्ले, आरुपाटा, डाँडा गाउँ, देउमाडी, माझठाना लाम्चे, सौर्य लगायतका अधिकांश भेगमा पानीको हाहाकार छ ।

नेपाली कांग्रस कास्कीका सभापती किशोरदत्त बरालले विकासका लागि राजनीतिक नाराको पछि लागेर नहुने बताए । उनले पाँच वर्षमा राजनीति नाराको पछि लाग्दा कालिकाका स्थानीयले पाउनुपर्ने विकास नपाएको उनको भनाई थियो । उनले पार्टी भन्दा माथी उठेर असल र कुशल नेतृत्वलाई चुन्न आग्रह गरे । देशको लोकतन्त्र खतरामा पर्दा पाँच दल मिलेर लोकतन्त्रको रक्षाका लागि अघि बढेको उनले बताए ।

  • २२ बैशाख २०७९, बिहीबार १५:५३ प्रकाशित