माओवादी कार्यकर्ताको कुटाईबाट कांग्रेसका वडाध्यक्ष उम्मेदवार घाईते

केन्द्रभाग मिडिया

रुपन्देही ।

रोल्पाको माडी गाउँपालिका(३ तालाबाङमा माओवादी कार्यकर्ताले आक्रमण गर्दा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका छन् ।

डाँगीलाई रड प्रहार गरी घाइते बनाएको कांग्रेसले जनाएको छ । उनलाई उपचारका लागि दाङ लगिएको छ । माओवादीले भने कांग्रेस कार्यकर्ताले गरेको आक्रमणको प्रतिकार गरेको बताएको छ । माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले कांग्रेसले आक्रमण गरेपछि प्रतिकार गरेको बताए ।

बुधबार तालावाङ बजारमा आयोजित चुनावी सभा सकेर फर्कने क्रममा माओवादी कार्यकर्ताहरूले उम्मेदवार चढेको गाडी नियन्त्रणमा लिएर हमला गरेको कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले बताए ।

स्थानीय चुनावमा माडीमा माओवादी र एकीकृत समाजवादी तथा कांग्रेस र एमालेबीच तालमेल छ ।

  • २२ बैशाख २०७९, बिहीबार १५:१२ प्रकाशित