काठमाडौं।
सोलुखुम्बुमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुबीच झडप भएको छ ।
सोमबार राति थुलुङ दूधकोशी गाउँपालिका १ नेले बजारमा चुनावी प्रचारप्रसारको क्रममा दुई पक्षबीच झडप भएको हो ।झडपमा कांग्रेस वडा सभापति चुडाबहादुर बस्नेत, सचिव मिलन खत्री र दीपक सुनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।चुनावी प्रचारको क्रममा देशका विभिन्न जिल्लामा कार्यकर्ताहरुबिच विवाद, झडप भईरहेको छ । केही दिन अघि स्याङजामा एमाले र कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान भएको थियो ।