नेकपा एसको कुनै भविश्य छैन : उपमहासचिव गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले माधव नेपालले नेतृत्व गरेको पार्टी नेकपा एकीकृत समाजवादीकोे कुनै विचार नभएको र विचारविहीन पार्टी क्रमशः दक्षिणपन्थी भासमा भासिंदै गएको आरोप लगाएका छन् । सोमबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

यसैबीच नेकपा एकीकृत समाजवादी पार्टी स्याङ्जाका सचिव एवं गण्डकी प्रदेश सदस्य टिकाराम नेपाली सहित दजनौं नेता कार्यकर्ता एमालेमा  फर्केका छन् । ।

उनीहरुलाई उपमहासचिव गुरुङ , नेकपा एमालेका केन्द्रीय सदस्य सदस्य सीता सुन्दास, एमाले गण्डकी प्रदेश कमिटी सदस्य सुधीर कुमार पौडेल, सोभियत ढकाल लगाएतले स्वागत गरेका थिए ।

सो अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य सदस्य सीता सुन्दास, एमाले गण्डकी प्रदेश कमिटी सदस्य सुधीर कुमार पौडेल ,सोभियत ढकाल लगाएतले दर्जनौं युवालाई एमालेमा स्वागत गरेका थिए ।

  • १९ बैशाख २०७९, सोमबार २१:१६ प्रकाशित