जब कृष्ण थापाको विगत कोट्याइयो, अनि एमाले कार्यकर्ताले सुरु गरे होहल्ला

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उम्मेदवार कृष्ण थापालाई विगत कार्यकाल सम्बन्धि प्रश्न सोधिएपछि एमाले कार्यकर्ताले कार्यकर्ताहरुले होहल्ला गरेका छन् ।

सोमबार प्राइम टेलिभिजनले पोखरामा आयोजना गरेको स्थानीय तह निर्वाचन २०७९ विषेश कार्यक्रमको छायाँकनका क्रममा थापालाई अटेरी अभियानको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उमेदवार गनेस पौडेलले २०५४ सालमा पोखरा महानगरपालिकाको प्रमुख हुँदा र संयन्त्रमा समेत गरेर १० वर्ष पोखरा विगार्न योगदान गरेको बताएपछि एमाले कार्यकर्ताहरुले होहल्ला सुरु गरेका हुन् । कार्यक्रमका प्रस्तोता ऋषि धमलाले पटक पटक शान्त हुन आग्रह गर्दा पनि उनिहरु नरोकिएपछि केही समय कार्यक्रम अवरुद्ध हुन पुगेको थियो ।

कार्यक्रमका सहभागीहरुले एमाले उमेदवार थापालाई पोखरा सभागृह नीजि क्षेत्रलाई बेचेको, कर्मचारी भर्नामा मनोमानी गरेको, पोखरा महानगरपालिकालाई कार्यकर्ता भर्तिकेन्द्र बनाएको र हजारौँ दलित समुदायको अपमान हुने गरि पीडिकको पक्षमा वकालत गरेको लगायतका प्रश्नहरु सोधेका थिए ।

कार्यक्रममा ढिला गरि उपस्थित भएका एमाले उमेदवार थापालाई बीचमा राख्ने भनि कार्यक्रममा बोलिरहेका राप्रपाको तर्फबाट मेयर पदका उमेद्वार शंकर खराल आफ्ना कार्यकर्ता सहित कार्यक्रम छोडेर बाहिरिएका थिए । राष्ट्रिय टेलिभिजनको बहसमुलक कार्यक्रममा आफ्नो पार्टीलाई अपमान गरिएको खरालले प्रतिक्रिया दिए ।

नेकपा एमालेले यस अघि गण्डकी प्रदेश सदस्य दीपक पौडेललाई पोखराको मेयरको उम्मेदवार बनाएको थियो ।  एउटा भिडियो सामाजिक सञ्जालमा भाईरल भएपछि एमालेले रातारात उम्मेदवार परिवर्तन गरी थापालाई उम्मेदवार बनाएको थियो ।

थापामाथि उक्त भिडियो भाईरल बनाएको आरोप पनि नेकपा एमालेकै कार्यकर्ताहरुले लगाएका छन् । गण्डकीमा पृथ्वीसुब्बा गुरुङ विरुद्ध गुट चलाईरहेको आरोप लागेका एमाले नेता खगराज अधिकारीसँग मिलेर थापाले भिडियो भाईरल बनाएको कार्यकर्ताहरुको भनाई रहेको छ ।

२०५४ सालमा मेयर हुँदा पोखराको फेवातालको पनि नांगो आँखाले हेर्नै नहुने गरी प्रदुषण गर्ने मतियार बनेको आरोप थापामाथि छ । काठमाडौंबाट सञ्चालन हुने एक चर्चित अनलाईन पत्रिकाले उक्त आरोप लगाउँदै लामो स्टोरी समेत प्रकाशन गरेको थियो ।

२०५४ साल ताकै एउटा सार्वजनिक कार्यक्रमको दौरानमा थापाले ‘जोगी हुन राजनीति गरेको होईन ।’ भन्ने अभिव्यक्ति दिएर आलोचित बनेका थिए ।

  • १९ बैशाख २०७९, सोमबार २०:४० प्रकाशित