पाल्पा ।
पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । पाल्पाको रामपुर नगरपालिका १० सिकोडाँडामा झडप भएको हो । चुनावी प्रचार कार्यक्रम चलिरहँदा झडप भएको हो ।
एमलेले भने चुनाव प्रचार गरिरहेको बेला कांग्रेस कार्यकर्ताले आक्रमण गरेको जनाएको छ । । आक्रमणबाट १० जना घाइते भएका छन् । चोलाकान्त कुमाल, वैकुण्ठ खनाल, मनोज उप्रेती , कविता अर्याल, राजु श्रेष्ठ, गोविन्द श्रेष्ठ घाइते भएको एमालेले जनाएको छ ।
‘बिहानैदेखि वडा नम्बर १० को विभिन्न स्थानहुँदै सिकुवाडाँडामा जम्मा भएका त्यस टोलका दाजुभाइ, दिदी बहिनीसंग परिचय एवं मत माग्ने काम गरिरहेको बेला नेपाली कांग्रेस पार्टीका चारतारे झण्डासहितका १००–१२० को समूह हतियार खुकुरी भालासमेत लिएर फिल्मी शैलीमा आक्रमण गरे’, सांसद युवराज खनाल भने ।














