‘जब उम्मेदवारी फिर्ता लिने अन्तिम समय आयो तब….’

केन्द्रभाग मिडिया

पोखरा ।
दिउँसो सुनसान रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा जव उम्मेदवारी फिर्ता लिने अन्तिम समय आयो तब मात्र फिर्ता लिनेहरुको भिड लाग्यो ।

पोखरा महागरपालिकमा मेयर देखि विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुको मनोनयन फिर्ता लिन भिड लागेको हो । मनोनयन फिर्ता लिने समय पाँच बज्नै लाग्दा मनोनय फिर्ता लिनेहरुको एक्कासी भिड लागेको हो ।

निर्वाचन अधिकृतको कार्यालय हाताभित्र अहिले पनि उम्मेदवारी फिर्ता लिनेहरुको भिड छ । ‘अन्तिम समयमा उम्मेदवारी फिर्ता लिने भन्दै धेरै जना भित्र पस्नु भयो । उहाँहरुको उम्मेदवारी फिर्ता लिने क्रम जारी छ । संख्या धेरै नै छ ।’ मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले भने ।

पोखरा मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्य सहित सबै गरेर ८०६ जनाले उम्मेदवारी दिएका थिए । आज मनोनयन फिर्ता दिन भएकाले अन्तिम समयमा आएर फिर्ता लिनेहरुस्को भिड लागेको हो ।

 

  • १६ बैशाख २०७९, शुक्रबार १८:०८ प्रकाशित