सबै मतगणनास्थलमा सीसी क्यामेरा अनिवार्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले पालिका चुनावमा सात सय ७३ वटै गतगणनास्थलमा अनिवार्य सीसी क्यामेराको व्यवस्था गर्न निर्देशन दिएको छ ।

मतगणनालाई पारदर्शी र सुरक्षित राख्न सबै मतगणना स्थलमा सीसी टिभी राख्न आयोगले निर्देशन दिएको हो । कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सीसी क्यामेरा अनिवार्य गरिएको आयोगले जनाएको छ ।

आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै पालिकालाई परिपत्र पनि गरिसकेको छ । आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले कुनै–कुनै पालिकामा सीसी क्यामेरा राख्नैपर्ने /नपर्ने भनेर सोधिएको उल्लेख गर्दै आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने र राख्न नचाहनुको अर्थ त्यहाँ कुनै गडबडी गर्न लागिएको त होइन ? भन्ने प्रश्न उत्पन्न हुने बताए ।

  • १६ बैशाख २०७९, शुक्रबार १६:३९ प्रकाशित