माधव नेपालले भने,‘३५ सिटमा हाम्रा जनप्रतिनिधिले जितिसके, प्रतिष्पर्धा गर्ने आँट कसैले गरेन’

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधिले जितिसकेको बताएका छन् । ३५ सिटमा एसबाट मात्रै उम्मेदवारी परेकाले ३५ जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको नेपालले दाबी गरेका हुन्।

एकीकृत समाजवादी र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको बताए ।

‘३५ जना व्यक्तिहरुले विजय हासिल गरेर हाम्रो पार्टीको झण्डालाई, हामीले अघि सारेको कलम चिन्ह बोक्ने पार्टीको विजयको झण्डा फहराउँदै उहाँहरु अगाडी बढ्नुभयो,उनले भने, ‘प्रतिस्पर्धा गर्न कसैले आँट गरेन ।’

एकल उम्मेदवारी परेसँगै पार्टीको तर्फबाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाअध्यक्ष र २६ जना सदस्यहरु निर्विरोध निर्वाचित एको उनले दाबी गरे ।

  • १६ बैशाख २०७९, शुक्रबार १६:२९ प्रकाशित