रसुवा।
आगामी चुनावको लागि भोट माग्न घरदैलो अभियानमा हिडेका माओवादी नेताले बालिकामाथि यौन दुव्यर्वहार गरेको घटना बाहिरिएको छ ।
भोट माग्न घरदैलो अभियानमा हिंडेका माओवादी केन्द्रका रसुवाका जिल्ला कमिटी सदस्य गणेश बिकले बालिका मात्र रहेको अवस्थामा घरमा पसेर संवेदनशील अंगमा समातेर दुर्व्यवहार गरेको पीडित बालिकाले बताएकी छिन् ।
पिडित बालिकाले दिएको उजुरीका आधारमा प्रहरीले नेता विकलाई पक्राउ गरेको जनाइएको छ ।
बिहीबार साँझ ५ बजे बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका(३ धारापानीका ३५ वर्षीय बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
पीडितका बाबुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ कार्यपालिका सदस्यसमेत रहेका बिक पक्राउ परेका हुन् ।