कांग्रेसका धर्मराज पाण्डेले लिए उम्मेदवारी फिर्ता

केन्द्रभाग मिडिया

स्वतन्त्र उम्मेदवारी दिएका धर्मराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका पाण्डेले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

पाण्डेले उम्मेदवारी फिर्ता लिदैँ कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मेयर उम्मेदवार गेहेन्द्र गिरीलाई समर्थन गरेका छन्।

उनले सत्तागठबन्धनका साझा उम्मेदवार गिरीलाई विजयी गराउन अपिलसमेत गरेका थिए।

  • १६ बैशाख २०७९, शुक्रबार १५:२१ प्रकाशित