काँग्रेसको चेतावनी : बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा वागी उम्मेदवार दिनेलाई उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वत निष्कासित हुने चेतावनी दिएको छ ।

पार्टीका विद्रोही उम्मेदवारलाई मनोनयन फिर्ताको आग्रह गर्दै फिर्ता नलिए कारबाही स्वरुप स्वत निष्कासित हुने चेतावनी दिएको हो । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।

निर्वाचन आयोगले आज विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकेको छ । उक्त समयभित्र उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारका साथै उनको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित गरिने पौडेलले बताए ।

  • १६ बैशाख २०७९, शुक्रबार १०:२२ प्रकाशित