डडेलधुरा ।
नेपाली काँग्रेसले कारबाही गरेपछि डडेलधुरा काँग्रेसका पूर्वसभापति कर्णबहादुर मल्लले सुदूरपश्चिम प्रदेशसभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका छन् ।
मंगलबार साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरेपछि उनले डडेलधुरामा विहीबार पत्रकार सम्मेलन गरी प्रदेश सभा सदस्यबाट राजीनामाको घोषणा गरेका हुन् ।
‘मलाई यो पार्टीबाट प्रदेश सभाको निर्वाचित सांसद पदमा बसिरहन नैतिकताले दिँदैन । आजदेखि म प्रदेशसभा सांसद नरहेको सञ्चारमाध्यमबाट घोषणा गर्दछु , उनले भने । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।













