गठबन्धनको बैठक बस्दै : देशैभर साझा उम्मेदवार तय गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज सत्ता गठबन्धनको बैठक बस्दैछ । तालमेल नभएका स्थानीय तहमा साझा उम्मेदवार तय गर्न शीर्ष नेता र कार्यदलका अलग अलग बैठक बस्न लागेको जनाइएको छ ।

जुनजुन ठाउँमा तालमेल भएको छैन ती ठाउँमा पनि सहमतिका आधारमा साझा उम्मेदवार तोक्नेबारे छलफल गर्न पाँच दलीय कार्यदलको बैठक बसिरहेको र शीर्ष तहमा पनि छलफल तय भएको नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले बताए ।

विहीवार आयोजित एक कार्यक्रममा नेपालले भने, ‘सकेसम्म देशभर सबै स्थानीय तहमा साझा उम्मेदवार तय गरेर जाने प्रयास हुनेछ । त्यसका लागि कार्यदल र शीर्ष तहको छलफलको समय तोकिएको छ । भोलिसम्म धेरै ठाउँमा सहमति हुन्छ, नभएका ठाउँमा स्वच्छ प्रतिस्पर्धा गर्ने प्रयास हुनेछ ।’

  • १५ बैशाख २०७९, बिहीबार १५:०० प्रकाशित