काठमाडौं ।
राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पार्टी त्यागेका छन् ।
अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै पौडेलले साधारण सदस्यसमेत नरहने गरी हिजो (बुधबार) राजीनामा पत्र बुझाएका हुन्।पौडेल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए। अध्यक्ष थापाले पौडेललाई गत फागुन १८ गते उपाध्यक्ष मनोनीत गरेका थिए।













