सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश गरेका छन् ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले न्यौपानेलाई राप्रपामा प्रवेश गराएका थिए ।अध्यक्ष लिङ्देनले मंगलबार सदस्यता दिएर उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

निजामती सेवामा लामो समय बिताएका न्यौपाने भूमि सुधार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा सचिव रही हालै सेवा निवृत्त भएका थिए ।

  • १३ बैशाख २०७९, मंगलवार १६:४८ प्रकाशित