भरतपुर ।
चितवनमा जनता समाजवादी पार्टी जसपा एक्लै चुनाव लड्ने भएको छ। चितवनको पाँच दलीय गठबन्धनबाट बाहिरिदैं जसपाले एक्लै चुनाव लड्ने बताएको हो । गठबन्धनमा रहेका अन्य दलहरूले महत्त्व नदिएको भन्दै गठबन्धनबाट अलग भएको जनाएको सो पार्टीले जनाएको छ ।
गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावनाविपरीत नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कार्य गरेको भन्दै जसपा गठबन्धनबाट बाहिरिएको हो ।















