एकीकृत समाजवादीले खोल्यो खाता : दुई पालिका अध्यक्ष र एक उपाध्यक्ष निर्विरोध

केन्द्रभाग मिडिया

पोखरा ।
डोल्पाका दुई पालिकाको अध्यक्ष र एक पालिकामा उपाध्यक्ष एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध भएका छन् ।

काइके गाउँपालिकामा अङ्गत राना र छार्का ताम्सोङ गाउपालिकामा सेनाङ गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य मोहन गौतमका अनुसार डोल्पो बुद्ध गाउँपालिका उपाध्यक्षमा पेमा वाङ्जु गुरूङ  समाजवादीका उम्मेदवार निर्विरोध भएका छन्।

गौतमका अनुसार त्यसै पालिकाको ६ वटा वडाका अध्यक्ष पनि समाजवादीकै निर्विरोध भएका छन् ।

  • १२ बैशाख २०७९, सोमबार १९:४१ प्रकाशित