गठबन्धनबाट मेयरको उम्मेदवार फाइनल

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं, ललितपुर र विराटनगर महागरपालिकामा नेपाली काँग्रेसले उम्मेदवार टुंगो लगाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काँग्रेसले सोमबार मेयर पदको उम्मेदवार टुंगो लगाएको हो । सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका उनीहरुले आजै मनोनयन दर्ता गराउनेछन् ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बिहान बसेको संसदीय समितिको बैठकले काठमाडौंको मेयरमा श्रृजना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरको मेयरमा नागेश कोइरालालाई उठाउने निर्णय गरेको हो । यससँगै गठबन्धनको तर्फबाट मेयरमा लड्ने सबै दलले उम्मेदवार टुङ्ग्याएका छन् ।

गठबन्धनबाटै भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल र पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य उम्मेदवार रहेका छन् । यस्तै वीरगन्ज महानगरपालिकाको मेयरमा गठबन्धनको साझा उम्मेदवारका रुपमा जसपाका राजेशमान सिंह रहेका छन् ।

  • १२ बैशाख २०७९, सोमबार १३:४२ प्रकाशित