काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार उठाउने भएको छ ।
नेकपा एसबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा अहिलेका वडाध्यक्ष ईश्वरमान डंगोल, सर्वोत्तम डंगोललगायत आकांक्षी थिए । तर सम्मानित नेता झलनाथ खनालको दबाबमा श्रेष्ठलाई अघि सारिएको हो ।
नेकपा एसले पोखराको मेयरमा धनराज आचार्य र हेटौंडाको मेयरमा मीना लामालाई निर्णय गरिसकेको छ । त्यस्तै इटहरीको उपमेयरमा केशवकुमार विष्टलाई उम्मेदवार बनाएको छ ।














