कञ्चनपुर ।
कञ्चनपुरमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । कञ्चनपुरका ९ स्थानीय तहमध्ये माओवादीले पाँच स्थानीय तह प्रमुख लिने र एकीकृत समाजवादीले चार स्थानीय तह प्रमुख लिने सहमति भएको हो ।
माओवादी केन्द्रले कृष्णपुर, शुक्लाफाँटा, लालझाडी, बेलौरी र बेलडाँडी गाउँपालिका प्रमुख पाएको छ भने एकीकृत समाजवादीले बेदकोट, भीमदत्त, दोधराचाँदनी र पुनर्वास नगरपालिकाको प्रमुख पाएको छ ।
पालिका प्रमुख तथा उपप्रमुखहरू आ-आफ्नो चुनाव चिन्हबाट चुनाव लड्ने सहमति छ भने वडाका हकमा भने जसले वडाध्यक्ष पाएको छ सोही पार्टीको चिन्हअनुसार सदस्यहरूले पनि चुनाव लड्ने उनीहरूबीच सहमति भएको छ।

















