काठमाडौं ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयनको आज अन्तिम दिन हो । तर गठबन्धनको भित्र अझै भागबन्डामा सहमति हुन सकेको छैन ।
भागबन्डा मिलाउन अन्तिम प्रयासस्वरुप पाँच दलका अध्यक्षको आज पनि बैठक बस्दैछ । पटक–पटक बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि अध्यक्षहरु बसेर भागबण्डा मिलाउने बताइएको छ ।
केन्द्रमा पाँच दलीय गठबन्धन जबरजस्त कायम राख्ने प्रयास भए पनि जिल्ला र स्थानीय तहमा फरक–फरक तरिकाले गठबन्धन भइरहेको छ । गठबन्धनको हिजो बसेको बैठकले सबै दलबीच चुनावी तालमेल नभए पनि गठबन्धन बाहिरका दलसँग नगर्ने निर्णय गरेको थियो ।
निर्वाचनका लागि उम्मेदवार मनोनय गर्ने अन्तिम दिनसम्म पनि भागबण्डा नमिलेपछि गठबन्धनमा तनाव छ ।














