काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । उम्मेदवार दर्ता सुरु हुन लाग्दा समेत उम्मेदवारको टुंगो लगाउन नसकेको कांग्रेसले आज जसरी पनि उम्मेदवार चयन गर्नुपर्नेछ ।
महानगरपालिकाको मयेर उपमेयरको उम्मेदवार चयन गर्नका लागि आज पनि बैठक बस्न लागेको हो । पार्टी कार्यालय सानेपामा विहान ११ बजे बस्ने कार्यसम्पादन समिति बैठकले मेयर र उपमेयरका उम्मेदवारको निर्णय लिने भएको छ ।
उम्मेदवार टुङ्गो लगाउन काँग्रेसका शीर्ष नेताबीच शुक्रबार र शनिबार बालुवाटारमा छलफल भएको थियो । बालुवाटारमा ठोस सहमति जुट्न नसकेपछि आइतबार नै सबै विषय टुंग्याइने तयारी छ ।
काँग्रेसमा काठमाडौँको मेयरको उम्मेदवारका सिर्जना सिंहको नाममा सहमति भए पनि ललितपुर र विराटनगरको मेयरमा निर्णयमा पुग्न सकेको छैन ।














