काठमाडौं ।
नेपाली काँग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ । लोकतन्त्र दिवसको अवसर पारेर काँग्रेसले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गरिने भएको छ।। घोषणापत्रमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगायतका कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको बताए ।
महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरेको हो । महामन्त्री थापा नेतृत्वको घोषणापत्र तयारी समितिमा यसअघि स्थानीय तहमा अनुभवप्राप्त जनप्रतिनिधिसँगै विकास तथा पूर्वाधार विज्ञ, अर्थ विज्ञलगायत सहभागी थिए ।














