पोखरा ।
नेपाली कांग्रेस पोखरा महानगर वडानम्बर ३३ ले अध्यक्षको दावी नछाडने भएको छ । गठबन्धन दलको तर्फबाट वडानम्बर ३३ नेकाप माओवादी केन्द्रलाई दिने गरी छलफल चलेको भन्दै गम्भिर ध्यानाकार्षण भएको जनाएको छ ।
वडासभापति तिकल प्रसाद अधिकारीले आज जिल्लालाई पत्र देख्दै वडामा अन्य दलको उम्मेदवारलाई अगाडी सारिएका कुनै पनि सहयोग समर्थन नहुने स्पष्ट पारेका छन् ।
गठबन्धन दलको तर्फबाट अरु दलबाट उम्मेदवार उठाउने सहमती भएमा कांग्रेसले आफ्नै उम्मेदवार खडा गर्ने र गठबन्धनका दलसंग मित्रवत प्रतिष्प्रर्धा गर्ने निर्णय भएको सभापति अधिकारीले बताए ।














