सर्वोच्चमा निर्वाचन आयोगको निवेदन : राजीनामाको व्यवस्था कायम राख्न माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ ।जनप्रतिनिधिले पुन स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्था कायम गर्न माग गर्दै आयोगले निवेदन दिएको हो ।

निर्वाचन आयोगले जनप्रतिनिधिले निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहितामा गरेको थियो ।हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिएको रिटमा सर्वोच्चले ८ चैतमा आचारसंहिताको उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

तर सो अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै आयोगले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा निवेदन दिएको हो । उक्त निवेदनमाथि बुधबार नै सुनुवाइ हुँदैछ ।

  • ३० चैत्र २०७८, बुधबार १३:५६ प्रकाशित