दाङ ।
बुद्ध एयरको जहाजमा खरायो ठोक्किएको छ ।
नेपालगञ्ज विमानस्थलमा सोमबार राती ल्याण्ड हुने बेलामा हवाई जहाजमा खरायो ठोक्किएको हो । काठमाडौंबाट नेपालगञ्ज गएको बुद्ध एयरको जहाज अवतरण हुने बेला राति पौने आठ बजे खरायो ठोक्किएको हो ।
जहाजमा खरायो ठोक्किएपछि केहीबेर उडान अवतरण रोकिएको थियो । जहाज ल्यान्ड हुनेबेला ठोक्किएको खरायोको मृत्यु भएको छ ।
नेपालगञ्ज विमानस्थलमा यसअघि पटक–पटक जहाजमा बँदेल ठोक्किएको थियो । बँदेल ठोक्किने क्रम बढेपछि विमानस्थल कार्यालयले धावनमार्ग नजिकको झाडी सफाइ गरेको थियो ।