एम्नेस्टी इन्टरनेसनल नेपालको अध्यक्षमा विपिन बुढाथोकी

केन्द्रभाग मिडिया

काठमाडौं ।

एम्नेस्टी इन्टरनेसनल नेपालको अध्यक्षमा विपिन बुढाथोकी निर्वाचित भएका छन् ।

शुक्रबारदेखि सुरु भएको वार्षिक साधारणसभाले बुढाथोकीको नेतृत्वमा ११ सदस्यीय एम्नेस्टी नेपालको नेसनल बोर्ड र जीवन प्रसाद फूँयालको नेतृत्वमा तीन सदस्यीय पुनरावेदन समितिको गठन गरको छ ।

साधारणबाट दुई वर्षे कार्यकालको लागि कोषाध्यक्ष रोशन बजगाईं र सदस्यहरुमा सञ्चिता कुइँकेल, विमला वाग्ले, मञ्जु विश्वकर्मा, केशव पोखरेल, निखिल पोख्रेल, होमबहादुर अधिकारी, देवेन्द्र सेजुवाल, गरिमा पाण्डे, वरुण कुइकेल निर्वाचित भएका छन् । पुनरावेदन समितिमा संयोजक जीवनप्रसाद फूँयाल र सदस्यहरु लक्ष्मी रेग्मी तथा लोकेन्द्रसिंह चयन भएका छन् ।

साधारण सभा आइतबार धुलिखेलमा सकिएको हो ।

  • २० चैत्र २०७८, आईतवार १६:५७ प्रकाशित