गण्डकीमा थपिने संक्रमित संख्या नगन्य

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या नगन्य रहेको छ ।

पछिल्लो २४ घण्टामा १०८ जनाको प्ररिक्षण गर्दा जम्मा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। सोही अवधिमा १७ जना निको भएका छन् ।

संक्रमित हुनेमा कास्कीका २ जना रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख १ हजार ९७२ पुगेको छ । निको हुनेको संख्या १ लाख४६१ रहेको छ।

हाल प्रदेशमा ४५ सक्रिय संक्रमित रहेका छन् जसमध्ये ४४ जना होम आइसोलेसनमा रहेका छन् । हाल सम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४६६ रहेको छ ।

  • ४ चैत्र २०७८, शुक्रबार १६:५१ प्रकाशित