युक्रेनको मिसाइल आक्रमणमा २० जना मारिए

केन्द्रभाग मिडिया

मस्को ।

रुस र युक्रेनबीचको लडाई अझै जारी रहेको छ। युद्धको सुरुवाती चरणमा निकै आक्रमक बनेको रुसमाथि पछिल्लो समय युक्रेनले आक्रमण गर्न थालेको छ । यसैबीचमा युक्रेनले मिसाइल प्रहार गरेको छ ।

सो प्रहारबाट २० जनाको ज्यान गएको र २८ जना घाईते भएको रुसी विदेश मन्त्रालयले जनाएको छ। सेनाका अनुसार डोनेट्स्कको एक आवासीय इलाकामा टोचका(यु रणनीतिक मिसाइलले आक्रमण गरिएको थियो। युक्रेनी सञ्चारमाध्यमले डोनबासमा भीषण लडाइ जारी रहेको बताएको छ ।

युक्रेनको सशस्त्र बलका अनुसार १०० रुसी सैनिक मारिएका छन् र ६ वटा गाडी ध्वस्त भएको छ। रुसले डोनेस्क ओब्लास्टमा युक्रेनी प्रतिरक्षा तोड्ने प्रयास गरिरहेको पनि बताइएको छ।

  • १ चैत्र २०७८, मंगलवार १४:५४ प्रकाशित