पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा बालकृष्ण निउरे निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा ।

पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा बालकृष्ण निउरे निर्वाचित भएका छन् । समितिको शनिबार पोखरामा सम्पन्न नवौं साधरण सभा तथा पाँचौं अधिवेशनले निउरेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा अम्बिका घिमिरे, उपाध्यक्षमा मोति श्रेष्ठ, महासचिवमा जीवन भण्डारी, सचिवमा राजु सुनार, कोषाध्यक्षमा ऋषिराम पौडेल (कृष्ण) र सह–कोषाध्यक्षमा सुनिता पन्त पौडेल निर्वाचित भएका छन् ।

यसैगरी समितिको सदस्यहरुमा विदुर गिरी, रमेश लामीछाने, राजु घिमिरे, कृष्ण प्रसाद पौडेल, विष्णु प्रसाद पाण्डेय, विदुर ढुङ्गना, प्रलाहदजंग मरासीनी, मेघनाथ रिमाल, इन्दुदेवी श्रेष्ठ कञ्चन बराल शर्मा निर्वाचित भएक नवनिर्वाचित महासचिव जीवन भण्डारीले जानकारी दिए ।

पोखराको चाउथे, पृथ्वीचोक, एयरपोर्ट देखि छोरेपाटन, राष्ट्रबैंक चोक, जिरोकिलोमिटर, न्युरोड, नयाँ बजार, महेन्द्रपुल र चिप्लेढुंगासमेतका गरेर दुई सय भन्दा धेरै होटल पृथ्वी होटल व्यवसायी समितिमा सदस्य छन् ।

  • २८ फाल्गुन २०७८, शनिबार २२:४४ प्रकाशित