काठमाडौं ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रताको नाममा छाडापन मौलाएको बताएका छन् ।
प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय सम्मेलनलाई शुक्रबार पोखरामा उद्घाटन गर्दै ओलीले पछिल्लो समय बढी अनियन्त्रित र छाडापन मौलाएको बताएका हुन् ।
सञ्चार क्षेत्रले पाएको उपलब्धिलाई सही ढंगले सदुपयोग गर्न सक्नुपर्नेमा ओलीले जोड दिए । ‘हामी आवश्यकता भन्दा बढी अनियन्त्रित र छाडा भएका छौँ । स्वतन्त्रताको सदुपयोग गर्न नसक्ने स्थिति देखिएको छ। आजको सञ्चार क्षेत्रले उपलब्धिलाई सही ढंगले सदुपयोग गर्न सक्नुपर्छ’, उनले भने ।
ओलीले नेपालमा शासकले प्रेस र सञ्चारलाई संगठित रुपमा प्रयोग गर्न नसकेको उल्लेख गर्दै देशमा प्रेस र प्रेस स्वतन्त्रताको इतिहास लामो नरहेको बताए । ‘














