स्याङ्जाका राज भट्टराई झण्डै १६ लाख जापानी येनसहित विमानस्थलबाट प्रकाउ

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

काठमाडौं ।

स्याङ्जाका राज भट्टराई विदेशी मुद्रासहित पक्राउ परेका छन् ।

सिंगापुर हुँदै जापान जान लागेका भट्टराईलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनको साथबाट जापानी येन १५ लाख ९० हजार पनि बरामद गरिएको छ । उनले उक्त रुपैयाँ अवैध रुपमा नेपालबाट जापान लगिरहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

  • १८ फाल्गुन २०७८, बुधबार १७:५२ प्रकाशित