हिन्दु महासंघ र लायन्स पोखरा भिजिटको रक्तदानमा ३६ युनिट रगत संकलन

केन्द्रभाग मिडिया

पोखरा ।

विश्व हिन्दु महासंघ नेपाल कास्की शाखा र लायन्स क्लव अफ पोखरा भिजिटको संयुक्त आयोजनामा पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार चिप्लेढुङगा मानवअधिकार चोकमा भएको रक्तदान कार्यक्रममा  ३६ जनाले रक्तदान गरेको क्लवका अध्यक्ष सुवास पौडेलले जानकारी दिए ।

सामाजिक सेवा गर्ने उदेश्यले स्थापित क्लवले रक्तदानलाई उच्च महत्व दिदै कार्यक्रमको आयोजना गरिएको पौडेलले बताए । गुरु योगी नरहरिनाथको १०८ औ जन्मजयन्ती तथा महाशिवरात्रीको अवसरमा पुण्ड दान स्वरुप रक्तदान कार्यक्रम आयोजना गरिएको विश्व हिन्दु महासंघ कास्की शाखाखा अध्यक्ष पार्वती पौडेलले जानकारी दिइन् ।

कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दु महासंघका बरिष्ठ उपाध्यक्ष शंकर खरालले रक्तदान कार्यक्रमले कसैको ज्यान बचाउन सहयोग पुग्ने बताए । सामाजिक सेवामा सबै भन्दा ठुलो सेवा रक्तदान रहेको बताएका खरालले रक्तदान कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रमका संयोजक विश्व हिन्दु महासंघ नेपाल कास्कीका संयोजक मेनुका बरालले रगतको मागलाई पुरा गर्न नियमित रगतको आवश्यकता हुने हुदाँ लायन्स क्लवसंग मिलेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइन् ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको प्राविधिक सहयोग रहेको थियो ।

 

  • १७ फाल्गुन २०७८, मंगलवार १७:३५ प्रकाशित