एमसीसीबारे फाइनल निर्णय गर्दै माओवादी र समाजवादी

केन्द्रभाग मिडिया

काठमाडौं।

निर्णायक चरणमा प्रवेश गरेको एमसीसी अनुमोदन प्रक्रियाबारे औपचारिक निर्णय लिन सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको बैठक आज बस्दैछन् ।

एमसीसीको विपक्षमा उभिदा सत्ता गठबन्धन भंग हुने निश्चित भएपछि गठबन्धन जोगाउनेगरी निर्णय लिन दुवै पार्टीको बैठक बस्न लागेको हो । गठबन्धनको शीर्ष तहमा एमसीसीबारे प्रश्न उठेका विषयमा अन्तर्राष्ट्रिय अभ्यास अनुसार व्याख्यात्मक घोषणा गरेर एमसीसी अनुमोदन गर्ने सहमति बनिसकेको बताइन्छ ।

यद्यपि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी र समाजवादीले औपचारिक निर्णय नलिए प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहकार्यको संकेत गरेका छन् । यहीकारण गठबन्धन जोगाउने गरी निर्णय लिन माओवादीको केन्द्रीय सचिवालयको विस्तारित बैठक बस्न लागेको हो ।

  • १५ फाल्गुन २०७८, आईतवार ०९:४१ प्रकाशित