प्रतिनिधिसभा बैठक आज पुनः बस्दै, एमसीसीमाथि छलफल हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभा बैठक शुक्रबार पुनः बस्दैछ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची छ । संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ ।

‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुने,’ कार्यसूचीमा उल्लेख छ ।

यसअघि बिहीबार तय भएको बैठक स्थगित भएको थियो ।

  • १३ फाल्गुन २०७८, शुक्रबार ०९:०४ प्रकाशित