देउवा निस्किएलगत्तै प्रचण्ड पुगे ओलीको कार्यकक्षमा

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर निस्किएलगत्तै नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीलाई भेटन पुगेका छन् । अहिले प्रचण्ड ओलीको कार्यकक्षमा छन् ।

उनीहरुबीच छलफल जारी छ। आजै साँझ ७ बजे बस्ने बैठकमा एमाले र कांग्रेसबीच राजनीतिक लेनदेनबारे सहमति हुने भएपछि प्रचण्ड ओलीलाई भेट्न पुगेका हुन् ।

भेटवार्तामा एमालेबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपाध्यक्ष सुवास नेम्वाङ सहभागी छन् । उता, माओवादी केन्द्रबाट भने अध्यक्ष प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेत रहेका छन् ।

  • १२ फाल्गुन २०७८, बिहीबार १८:२१ प्रकाशित