संसद भवनभित्रै देउवा–ओलीबीच बैठकः के आउँला निष्कर्ष ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ ।

प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै संसद भवनमै देउवा र ओली छलफलमा जुटेका हुन् । बैठकलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । एमसीसी जसरी पनि पास गर्ने पक्षमा रहेका देउवाले निकै कसरत गरिरहेका छन् ।

गठबन्धनभित्रै मतविभाजन पछि अप्ठेरोमा परेका देउवाले ओली फकाएर , उनको माग पुरा गरेर भएपनि एमसीसी पास गर्न सक्ने अड्कलबाजी हुन थालेको छ ।

हिजो मात्रै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवालाई ओलीको माग पूरा गर्न बाध्य नपार्न भन्दै नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सचेत गराएका थिए ।

छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन् भने काँग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी छन् ।

  • १२ फाल्गुन २०७८, बिहीबार १४:५५ प्रकाशित