काठमाडौंको शंखमूलमा घरभित्रै श्रीमती मृत, श्रीमान बेहोस अवस्थामा भेटिए

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं महानगरपालिका–३१ शंखमूलमा घरभित्र श्रीमती मृत फेला परेकी छन् भने उनका श्रीमान बेहोस अवस्थामा भेटिएका छन्।

महानगरीय अपराध महाशाखाका अनुसार २९ वर्षीया सहारा गुरूङ बिहीबार बिहान मृत फेला परेकी हुन्। उनका श्रीमान ३६ वर्षीय प्रकाश पौडेल बेहोस अवस्थामा फेला परेको महाशाखाले जनाएको छ ।

सहाराको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। पौडेलको भने भेनस अस्पतालमा उपचार भइरहेको कुँवरले बताए।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • १२ फाल्गुन २०७८, बिहीबार १३:५१ प्रकाशित