यातायात कार्यालय गण्डकीमा ढड्डा पल्टाउन नपर्ने, सबै विवरण कम्प्युटरमा

केन्द्रभाग मिडिया

पोखरा ।
यातायात व्यवस्था कार्यालय सवारी गण्डकीले सेवालाई डिजिटल माध्यमबाट संचालन गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले यातायात कार्यालयको सेवा सुधारका लागि पहल गरेसगै यातायात कार्यालयको सेवा पनि डिजिटल माध्यमबाट संचालनको तयारी गरिएको हो ।

फाइललाई डिजिटल फर्मेटमा अपडेट गर्न परामर्श सेवा कम्पनीसंग यातायात कार्यालयले गएको पुसमा सम्झौता गरेको छ । असार मसान्त भित्र स्क्यानीङको काम सकेर आगामी आर्थिक वर्षबाट पूर्ण डिजिटल सिस्टमा सेवा सुरु गर्ने गरी सम्झौता भएको यातायात व्यवस्था कार्यालय सवारी गण्डकीका प्रमुख डिल्लीराज रिजालले जानकारी दिए ।

अहिले ढड्डाका प्रत्येक पेजलाई स्क्यानीङ गरेर सफ्टवयरमा अपडेट गर्ने काम भइरहेको छ । स्क्यानीङ गरेका पेजलाई कार्यालयको आफ्नै सर्वर र केन्द्रीय डाटा केन्द्रमा पनि सुरक्षीत गरिने छ ।

फाइल खोज्न कर्मचारी खटाउन नपर्ने, फाइल नपाईने हराउने , च्यात्तीने लगायतका समस्याको अन्त्य हुने कार्यालयले जनाएको छ । डिजिटल माध्यमबाट सेवा दिदा यातायात कार्यालयको सेवा सहज भरपर्दो र थप विश्वसनिय हुने उनले बताए ।

्यातायात कार्यालयको सेवा सुधार गर्न प्रतिवद्धता जनाएको सरकारले एक हप्तामा लाइसेन्स दिने गरि कार्य प्रारम्भ गरेको जनाएको छ । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री कुमार खड्काले एक कार्यक्रममा आवेदन दिएको एक हप्तामा सेवाग्राहीको हातमा लाइसेन्स दिने घोषणा गरेका थिए ।

गण्डकीमा २ लाख ४६ हजार सवारी साधन दर्ता छन् । जसमध्य ६५ हजार चारपाङग्रे सवारी छन् ।

  • ११ फाल्गुन २०७८, बुधबार १७:५७ प्रकाशित