बन्चरोले हानी आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

केन्द्रभाग मिडिया

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

२८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गर्ने बलेफी गाउँपालिका-१ ठाटिकुना बनकाली बस्ने ३२ वर्षीय जिवन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

दाउरा चिर्ने बिषयमा विबादका कारण जीवनले आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको थियो ।

हत्याबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • ११ फाल्गुन २०७८, बुधबार १४:०७ प्रकाशित