ओली भेटेर बालुवाटर फर्के प्रधानमन्त्री देउवा, अबको कदम के होला ?

केन्द्रभाग मिडिया

पोखरा ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता सकिएको छ । सत्ता गठबन्धनको बैठक लगत्तै ओलीलाई उनकै निवास बालकोट पुगेर प्रधानमन्त्री देउवाले भेटवार्ता गरेका हुन् ।

भेटमा के सहमति भयो भन्नेबारे खुलाइएको छैन । बालकोटमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पनि पुगेकी थिइन् । गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा रातारात ओली भेट्न पुगेका हुन् ।

जसरी पनि एमसीसी संसदमा पेश गर्ने अडानमा रहेका प्रधानमन्त्री देउवाले अब चाल्ने कदमलाई महत्वका साथ हेरिएको छ । सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अहिलेकै अवस्थामा एमसीसी कुनैपनि हालतमा संसदमा पेश गर्न नहुने अडानमा छन् ।

  • ५ फाल्गुन २०७८, बिहीबार २१:५३ प्रकाशित