सिंहदरवारमा बसेकाहरु संघीयता विरोधी छन्, प्रदेशले चुनौती नदिइ अधिकार आउँदैन : पूर्वमुख्यमन्त्री गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका निवार्तमान मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले सिंहदरबारमा बसेकाहरु संघीयता विरोधी रहेको बताएका छन् । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका गुरुङले गण्डकी प्रदेश सरकारकारको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गदै यस्तो बताएका हुन् ।

एकात्मक ढाचाँको मानसिकता बोकेको कर्मचारी तन्त्र र नेताहरु आज हाम्रो संघीय प्राणालीको बाधक बनेको गुरुङले आरोप लगाए । गुरुङले भने, ‘सरकार जुनसुकै पार्टीको होस्, सिंहदरबारमा बस्ने ब्युरोक्रायट्सहरु, सिंहदरबारमा बस्ने नीति निर्माताहरु, काठमाडौंमा बस्ने प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, सचिवहरु सबै के ठान्छन् भने, नेपालको सम्पती हाम्रो हो । प्रदेशको हैन, स्थानीय तहको हैन भन्ने मान्यता राख्छन्, यस्तो मान्यता राख्नेहरु छन् ।’

गुरुङले थपे, ‘प्रगतिशित संघीय शासन प्राणाली र यो पुरानो एकात्मक ढाचाँको मानसिकता बोकेको कर्मचारी यन्त्र र नेताहरु आज हाम्रो संघीय प्राणालीको बाधक बनेर बसेको छ । यसको बीचमा जुन अन्तरद्धन्द छ, यसको समाधान नगरीकन हाम्रो संघीय प्राणालीले राम्रोसंग काम गर्न सक्दैन ।’

प्रदेश सरकारहरुले चुनौती नदिइकन अधिकार आउनेवाला नरहेको गुरुङको भनाई थियो । अन्तर प्रदेश परिषद्को बैठक समेत बस्न नसकेको स्मरण गदैँ संबैधानीक व्यवस्था अनुसार बैठक बसेर प्रदेशका अप्ठ्याराहरु फुकाउनुपर्ने उनले बताए ।

  • ४ फाल्गुन २०७८, बुधबार १७:५७ प्रकाशित